प्रदेश १, ३ र ५ मा मात्रै बकर इदको बिदा

Bakar ed

काठमाडौं । मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदका अवसरमा ३ वटा प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।

प्रदेश नम्बर १, ३ र ५ मा गरी तीन वटा प्रदेश सरकारले मात्रै बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मुस्लिम सामुदायको बक्रईदको पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो ।

बकर ईदको अवसरमा केन्द्र सरकारले विदा दिनुपर्ने मुस्लिम संघ संस्थाले माग गर्दै आए पनि केन्द्र सरकारले त्यसको कुनै सुनुवाई नगर्दा प्रदेश सरकारले मागलाई सम्बोधन गर्दै बिदा दिएका हुन् ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश नम्बर ५ को आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना निकालेर मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

प्रदेश नं. ३ मा पनि सार्वजनिक विदा दिने प्रदेश सरकारले घोषणा गरेको छ ।

यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...