प्रधानमन्त्रीप्रति सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै पक्राउ

Pm ko birudha bharm bhailaune pakrau

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रम फैलाएको भन्दै एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर, सुर्यबिनायक नगरपालिका वडा नं ३ का ४४ वर्षिय होमनाथ सिग्देल रहेका छन् ।

सिग्देलले समाजमा भ्रमपुर्ण, नकारात्मक दृष्टीकोणले अफवाह फैलाउने काम गरेको प्रहरीको भनाई छ । सिग्देलमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सो ऐनको दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने सक्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...