डोल्पा मुड्केचुलामा पहिरोले दुई घर पुरिए

Pahiro 23

डोल्पा । अविरल वर्षासँगै खसेको पहिरोले डोल्पामा दुई घर पुरिएका छन् ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरेको हो । अर्का हरिबहादुर बुढामगरको घर भने भत्केको छ ।

पहिरोले घर भत्काए पनि मावनीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ ।

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । सुरक्षित ठाउँमा बस्ती सार्न आग्रह गरे पनि सरकारले चासो नदिएको गुनासो स्थानीयवासीले गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...