डोकोमा बोकेर शव अस्पताल पुर्याएको भाडा २५ हजार !

Doko

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका २ डाँडागाउँ मझौका स्थानीय आइतबार डोकोमा शव बोकेर जिल्ला अस्पताल पुगे ।

स्थानीय रमितेडाँडामा मृत फेला परेका ८६ वर्षीय महेन्द्रबहादुर खत्रीको शव डोकोमा बोकेर स्थानीय जिल्ला अस्पताल पुगेका हुन् ।

ट्याक्सीले शव बोक्न नमान्दा र ट्रयाक्टरले २५ हजार रुपैयाँ भाडा मागेपछि आफन्तले २५ हजार रुपैयाँमा भरिया खोजेर शव जिल्ला अस्पताल पु-याएका हुन् । भरियाले शव डोकोमा बोकेर १२ घण्टामा अस्ताल पु-याएका थिए ।

खोटाङमा अस्वाभाविक मृत्यु भएका व्यक्तिको शव पोष्टमार्टम गर्न समस्या हुने गरेको छ । शव बहानको व्यवस्था नहुँदा, सवै ठाउँमा यातायातको सुविधा नपुग्दा पोष्टमार्टका गर्नुपर्ने शव डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...