नेपालमै यस्तो अनौठो घटना, जहाँ श्रीमति फर्काउन गरियो छोराको अपहरण !

Apaharan skech

धनगढी । सोमबार विहान ९ बजे कैलालीको कैलारी गाउँपालिका–६ बेलौनीका ५ वर्षीय छेमाङ चौधरी अपहरणमा परे । चौतर्फी खोजी भयो । अन्ततः कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार पनि भयो ।

अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौं बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । अपहरणकारीको फोनको लोकेशनको आधारणमा गोदावरी नगरपालिका, लालपुर बस्ने ३० वर्षीय वृजु चौधरी पक्राउ परे ।

वास्तवमा वृजु असली अपहरणकारी थिइनन् । उनले त छोडेर गएकी श्रीमतिलाई फर्काउन छोराको अपहरण गरेको प्रहरीले जनाएको छ । उनले आफूसँग दुई महिना बसेर पुरानै घरमा फर्किएकी श्रीमतीलाई पाउन युवकले पुरानो घरमा रहेको छोरा अपहरण गरेका थिए ।

छेमाङकी आमा बिना चौधरी बृजेशकी पूर्वपत्नी हुन् । उनी दुई महिना बृजेशसँग बसेर पुरानै घर फर्किएकी थिइन् । ‘बिनालाई घर फर्काउन कुनै सीप नचलेपछि उनले छोरा अपहरणको प्रपञ्च रहेको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक बिनोद घिमिरेले भने, ‘स्कुल बाहिर बोलाएर पोशाक र झोलासहित अपहरण गरिएको छ ।’

बिना बालकृष्ण चौधरीकी श्रीमती हुन् । छेमाङ उनीहरुबाट जन्मेको दोस्रो सन्तान हुन् । उनीहरुको अर्को छोरा पनि रहेको छ । बालकृष्णलाई छोडेर बिना बृजेशसँग गएकी थिइन् तर उनका पनि घरमा श्रीमती भएकाले दुई महिनापछि फर्किएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...