भिनाजुका हत्यारा नै बलात्कारी, यसरी भएको थियो निर्मलाको हत्या

Nirmala hatya aaropi

कञ्चनपुर । नौ वर्ष कारागारमा बसेका दिलिपसिंह विष्टले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । यतिसम्म की निर्मलाका भिनाजुलाई पनि विष्टले नै हत्या गरेका थिए ।

भीमदत्त नगरपालिका–१९ का विष्टले बालिका निर्मलालाई साउन १० गते नियन्त्रणमा लिएर बलात्कारपछि घटना लुकाउन हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।

भेनाजुको हत्या गरेर नौ वर्षसम्म जेल सजाय काटेपछि उनी २०७४ मा कारागारबाट निस्केका थिए । तर कारागारबाट निस्केको वर्ष दिन पनि नबित्दै उनले बालिकाको बलात्कार जस्तो जघन्य अपराध गरेर घटना लुकाउन ज्यानै लिए ।

यसरी भयो घटना
गत साउन १० गते मा साथीको घरमा पढ्न गएकी निर्मला आफ्नो घर फर्किरहेकी थिइन् । घर फर्किने क्रममा उनी चढेको साइकलको चेन बिग्रिएपछि उनी बाटैमा रोकिइन् ।

साइकलको चेन बिग्रेर अलपत्र परेको अवस्थामा निर्मलालाई देखेपछि दिलिपसिंहले बिग्रेको चेन बनाइदिने निहुँमा नियन्त्रणमा लिएर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विस्टले जानकारी दिए ।

बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेर चिच्याउँदा घटना सार्वजनिक हुने डरले दिलिपले उनको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । हत्यापछि फालिएकी निर्मलाको शव भीमदत्त नगरपालिका–१८ र २ को सिमानामा अवस्थित निम्बुखेडा खोलाको पूर्व–उत्तरतर्फको उखुबारीमा कपडा खोलिएको अवस्थामा भेटिएको थियो ।

एसपी विस्टका अनुसार साउन १० गते दिउँसो करिब साढे दुईदेखि तीन बजेको समयमा निर्मलाको बलात्कारपछि हत्या भएको निचोड अनुसन्धानबाट निस्केको बताए । प्रहरी अनुसन्धानले यौन प्यास मेटाउनकै लागि बलात्कारपछि बालिकाको हत्या भएको देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...