मिस नेपाल युएसएमा १८ सुन्दरी अन्तिम चरणमा

Miss nepal usa

काठमाडौं । अमेरिकामा हुने मिस नेपाल युएसएको छैटौं संस्करणका लागि १८ युवतीले विभिन्न अडिसन पूरा गरेर अन्तिम चरणमा प्रवेश गर्न पाएका छन् ।

सौन्दर्य प्रतियोगिताको फाइनल अगस्ट १८ मा हुँदैछ । त्यसको तयारीक्रममा अहिले प्रतिस्पर्धीले विभिन्न शीर्षकमा तािलम लिइरहेका छन् । पूर्व्मिस नेपाल मलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजीव श्रेष्ठले प्रतिस्पर्धी युवतीहरूलाई प्रशिक्षण गराइरहेका छन् ।

प्रतियोगितामा सुशाना पोखरेल, अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, बिएन्का अधिकारी, बिना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रूपाखेती, सुकृति ढुंगेल, र स्वीकृति भट्टराई अन्तिम प्रतियोगितामा उत्रिँदैछन् ।

प्रतियोगिता इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको छ । यो छैटौं संस्करण हो । प्रतियोगितामा मिस नेपाल युएसएको उपाधिका साथै फस्ट रनर अप र सेकेन्ड रनर अपसमेत घोषणा हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...