बिकनीले चर्चामा ल्यायो सेलेनालाई

Selena gomez bikini

काठमाडौं । फलोअर्स कमाउने सेलेब्रिटीकै सुचीमा पर्ने सेलेना गोमेज सामाजिक सञ्जालमा निकै देखा पर्छिन् । तर, आफ्नो २६औँ जन्मदिनका क्रममा उनी कन्सर्ट र डुंगा सवारीमा रमाएको तस्बिर इन्स्टाग्राममा पोष्ट गरिन् । जुन निक्कै चर्चामा आएको छ ।

उनी सामाजिक सञ्जालहरुमा सर्वाधिक धेरै फलोअर्स कमाउने सेलेब्रिटीमध्ये एक हुन् । अगस्ट १५ मा सेयर गरिएका सेल्फी तस्बिरहरूमा उनी बिकिनीमा देखिएकी छिन् ।

उनी घुमफिरका लागि कुन स्थानमा गएकी हुन् भन्ने खुलाइएको छैन । तर, सेलेनाले आफ्नो उत्कृष्ट समय बिताइरहेको जस्तो देखिन्छ । तस्बिरमा उनका साथीभाइ पनि छन् । एउटा तस्बिरमा उनले नीलो र हरियो बिकिनी लगाएकी छिन् ।

सेलेना आफ्नो नयाँ एल्बमको तयारीमा व्यस्त छिन् । उनले आफ्नो जन्मदिनका अवसरमा छुट्टी निकालेर साथीहरूसँग रमाइलो गरेकी हुन् ।

प्रतिकृया दिनुहोस