बेरोजगारलाई न्यूनतम १ सय दिन रोजगारीको अवसरः श्रम मन्त्री विष्ट

Gokarna bista

काठमाडौं । सरकारले रोजगारीको अवसर नपाएका गरिव समुदायलाई पनि न्यूनतम १ सय दिन रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर नपाएका गरिव समुदायलाई पनि न्यूनतम १ सय दिन रोजगारीको अवसर सृजना गर्ने मापदण्ड पनि सरकारले तयार पारेको उल्लेख गरे।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर चालू आर्थिक वर्ष भित्र सरकारले व्यापक रोजगारीको अवसर सृजना गर्ने जानकारी दिदै सरकारले चालू आर्थिक वर्ष भित्र कम्तीमा १ लाख रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको भनाई राखे।

सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ। मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन्।

बुधबार सिंहदरबारस्थित उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले रोजगारीको हकलाई मौलिक हकको रुपमा प्रत्याभूति गराउन रोजगार सम्बन्धि ऐन पनि छिट्टै संशोधन गर्ने कार्ययोजना रहेको जानकारी दिए।

मन्त्री विष्टले सबै स्थानीय तहबाट घरेलु कामदारहरुको पंजीकरण गरी उनीहरुलाई पनि संचय कोषको व्यवस्था गर्ने तयारी भईरहेको जानकारी दिए। विष्टले बैंकमार्फत् सबै श्रमिकहरुको पारिश्रमिक भुक्तानी गर्ने व्यवस्थालाई सरकारले कडाईका साथ लागू गर्ने दाबी गरे।

बैठकमा समितिका सदस्यहरुले रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक लगानीको व्यवस्था गर्न मन्त्री विष्टलाई आग्रह गरे। उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारलाई प्रभावकारी कदम चाल्नुपर्ने बताए।

बैठकमा समितिका सदस्य विन्दा पाण्डेले घरेलु कामदारलाई उचित पारिश्रमिक दिने व्यवस्था गर्नुपर्ने माग गरेकी थिइन्। सांसद देवेन्द्र पौडेलले नेपालमा रोजगारीको अवसर सृजना गर्नका लागि वैदेशिक लगानी भित्रयाउन आवश्यक संयन्त्रको निर्माण गर्नुपर्ने उल्लेख गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...