वृन्दा दलित भएकाले जागिर खोसियो, यो कस्तो अन्याय ?

C17d

खोटाङ । कार्यालय सहयोगी वृन्दा विश्वकर्माले दलित भएकोले जागिरबाट निकालिएको भन्दै उजुरी दिएकी छन् ।

दिक्तेलको रुपाकोट मझुवागढी–१ स्थित सरस्वती आधारभूत निमाविकी विश्वकर्माले दिएकी उजुरी अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

विश्वकर्माले जिल्ला प्रशासन, जिसस, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोगसम्म गुहार मागेकी थिइन्  । उनका अनुसार कार्यालय सहयोगीबाट शिक्षक पदमा जागिर दिने भन्दै प्रअ रोशन ढकालले राजीनामा दिन लगाएका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष छत्र बजिमयले समेत शिक्षक बनाउने आश्वासन दिएका थिए ।

‘हेडसरले साउन १ देखि शिक्षक बनाउने आशा देखाएर राजीनामा दिन लगाउनुभयो,’ उनले भनिन्, ‘दलित भएकैले षड्यन्त्र गरेर निकालिएको रहेछ ।’ प्रअ ढकाल र अध्यक्ष बजिमयले भने दलित भएकाले नभई कार्यसम्पादनमा चित्त नबुझेकाले राजीनामा दिन लगाएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...