कसले हाल्यो बिद्यालयको खानेपानीमा बिष ?

Birami bidhyarthi

मोरङ । सोमबार राति मोरङको लेटाङ–९ जाँतेस्थित श्रीमाविको खानेपानीे ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालियो ।

मंगलबार दिउँसो विद्यालयमा पानी पिएका सो बिद्यालयमा अध्ययनरत २९ जना बिद्यार्थी बिरामी भए भने ४ जनाको अबस्था अझैपनि चिन्ताजनक रहेको छ । उनीहरुको सामुदायिक अस्पताल उर्लाबारी मंगलबारेमा उपचार सम्भव नभएपछि बिराटनगर रिफर गरिएको छ ।

करिब १० हजार लिटर क्षमताको सो टयांकीमा अज्ञात समुहले बिष हालेको थियो । मंगलबार बिद्यालय गएका बिद्यार्थीहरुले पानी पिउने क्रममा केही बिद्यार्थीले पानी पिएको र केहीले पानी गन्हाएका कारण नपिएर बिद्यालय प्रशासनमा जानकारी गराएका थिए । पानी खाएका बिद्यार्थी बिरामी हुन थालेपछि उनीहरुलाई अस्पताल पुर्याईएको थियो । बिरामी हुने बालबालिकामा ४ देखि १४ बर्ष उमेर समुहका रहेका छन ।

घटनापछि लेटाङ नगरपालिकाले बिज्ञप्ती जारी गरी सो घटनाको निन्दा र भत्र्सना गरेको छ । नगरप्रमुख शंकर राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता निच र घृणित कार्यको निन्दा गर्दै खेद प्रकट गरिएको छ ।

खानेपानीमा बिष हाल्ने को ? करिब ४ सय बिद्यार्थीको भबिश्यमाथि खेलवाड गर्ने र उनीहरुको ज्यान लिन खोज्ने को हो ? उसको उद्धेश्य के हो ? यो खोजीको बिषय भएपनि अनुसन्धान फितलो देखिएको छ । तसर्थ यो कुराको खोजीमा चासो देखाउनु जरुरी छ ।

यस बिषयमा ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक युवराज खतिवडाले पानीमा बिष हाल्नेको खोजी भईरहेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...