बैतडीकी अभियन्ता सरस्वती नेपालीले पाँच लाख रुपैयाँको दर्नाल अवार्ड

Sarsoti  n

काठमाडौं । प्रत्येक दुई वर्षमा आयोजना गरिने ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिने भएको छ । पुरस्कार भोली (बुधबार) प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच प्रदान गरिनेछ । पुरस्कारको राशी ५ लाख र प्रमाणपत्र रहेको छ ।

अभियन्ता सरस्वतीसँगै अन्य अभियन्तामा डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रूपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र प्रदान गरिने छ ।

सुदूरपश्चिमको दलित परिवारमा जन्मिएकी सरस्वती नेपालीले भूमि अधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नुका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका खेलेकी छन् । सन् २००८ देखि २०११ सम्म उनी भूमि अधिकार मञ्च, बैतडीको संयोजक थिईन् । सोही मञ्चको अगुवाइमा भएको अभियानका कारण ३७ परिवार प्रत्येकले २ रोपनी जग्गा र लालपूर्जा प्राप्त गरेका थिए ।

सरस्वती नेपालीको नेतृत्वमा बैतडीलाई मार्च २१, २००७ मा हलिया प्रथा ९बँधुवा श्रम० बाट मुक्त जिल्ला घोषणा गरिएको थियो । उनले सन् २००९ देखि २०११ सम्म शान्ति समितिको जिल्ला संयोजक भएर काम गरिन्। उनी नेपालमा स्थापित शान्ति समितिको पहिलो महिला जिल्ला संयोजकको रूपमा पनि चर्चित छिन् ।

सरस्वती नेपालीले बैतडीमा बलात्कार पीडित महिलाहरूको न्यायका लागि, विशेष गरी मानसिक रूपमा कमजोर बालिकामाथि भएको बलात्कारविरुद्ध लामो संघर्ष गरेकी छन् । सोही संघर्षको परिणामस्वरूप बलात्कारीलाई ११ वर्षको कैद सजाय भएको छ ।

उनी सेप्टेम्बर २००७ मा डोटीको शैलेश्वरी मन्दिर प्रवेशका लागि भएको तेस्रो संगठित संघर्षका अगुवामध्येकी एक हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...