अश्लिलता झल्काउने सामाग्री प्रचार गर्नेलाई एक वर्ष जेल, १० हजार जरिवाना

Joti magar n

काठमाडौं । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको अपराध संहिताले सार्वजनिक स्थानमा अश्लिल गतिविधि वा अश्लिल इशारा गर्नेलाई कस्ने भएको छ । प्रचलनमा आउने कानूनमा अश्लिल पुस्तक, पर्चा र पम्पलेट बनाए एकवर्ष जेल वा १० हजार जरिवाना वा दुबै सजाय गर्ने ब्यवस्था गरेको छ ।

कानूनले शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लिल किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न बन्देज गरेको हो ।

यस्तै, सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लिल गालिगलौज गर्न कानूनले रोक लगाएको छ । चिकित्सीय प्रयोजनका बाहेक सार्वजनिक स्थानमा अश्लिल कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन तथा अश्लिल इशारा गर्न बन्देज गरिएको हो । यस्तो कसुर प्रमाणित भए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...