वनको उपयोग गर्दा विनाश हुन्छ भन्ने मान्यता गलतः वन मन्त्री बस्नेत

Sakti photo

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संरक्षण र उपयोगको व्यवहारिक सन्तुलनबाट वन क्षेत्रको विनाश हुन नदिने योजना अघि सारेका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘वन दिगोपनाको आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वनको उपयोग गर्दा विनाश हुन्छ भन्ने गलत मान्यता नराख्न पनि आग्रह गरे।

उनले वन क्षेत्रको लाभ स्थानीय जनतालाई दिए उनीहरु आफैले वनको संरक्षण गर्ने पनि स्मरण गराए । मन्त्री बस्नेतले काठमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा पनि गरेका छन् ।
उनले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न सरकारले कार्वन व्यापारलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले विश्वका धनी राष्ट्रहरुले जलवायु परिवर्तनमा पारिरहेको असर नेपालमा पनि परेको भन्दै त्यसको क्षतिपूर्तिका लागि सरकारले पहल गरिरहेको पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...