पशुपंक्षी जथाभावी छोडे ३ महिना कैद, पाँच हजार जरिवाना

Xaadapashu

काठमाडौं । अब भदौ १ बाट पशुपंक्षीलाई जथाभावि छाडा छोड्न वा पशुपंक्षीप्रति असंवेदनशील गतिविधि गर्न पाइने छैन । राज्यले प्रचलनमा ल्याउने कानूनले यस्ता कार्यमा बन्देज लगाउने भएको हो । कानूनमा यस्तो गरे वा गराएमा ३ महिनासम्म कैदा वा पाँच हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

यस्तै, अपराध संहिताको परिच्छेद ५ को ११७ मा आफूले पालेको वा आफ्नो नियन्त्रण रहेको कुनै पनि पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक स्थानमा छाडा छोडनमा बन्देज लगाईएको छ । यस्तो कसुर ठहर भएक सम्बन्धित धनीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनले व्यवस्था गरेको छ ।

ऐनमा गाई तथा गोरु मारेको अभियोगमा सजाय घटाएको छ। मुलुकी ऐनमा गाई वा गोरु मारेको ठहरेमा ५ वर्ष कैद हुने व्यवस्था छ। तर भदौ १ बाट प्रचलनमा आउने कानूनले घटाएर ३ वर्ष कैदको व्यवस्था गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...