थारु भाषाको पहिलो तीज गीत (भिडियोसहित)

Tharu teej 632x300

काठमाडौं । थारु भाषाको पहिलो तीज गीत भखरै सार्वजनिक गरीएको छ ।

विगत लामो समयदेखि कलारिता क्षेत्रमा आवद्ध व्यवसायी तथा समाजसेवी दिपक चौधरीेको निर्देशनमा गोविन्द श्रेष्ठको सहयोगले निर्माण भएको पहिलो ऐतिहासिक थारु तीज गीत सार्वजनिक गरीएको छ ।

चम्पन सांस्कृतिक समूहको महासचिव दिपक चौधरीले नेपाली थारु चलचचित्रमा काम गर्ने लगायत महोत्सव स्टेजजस्ता विभिन्न सांस्कृतिक कार्यक्रममा जिम्मेवार संयोजकको भुमिकासमेत निर्वाह गर्दै आएका छन् ।

उनले चम्पन सांस्कृतिक समूहबाट थुप्रै कलाकारहरुको जन्माएका छन् । हालसम्म उनले नृत्य निर्देशन गरेका सुपरहित गीतहरुः

टिकापुर बजारमे देख्नु तुहिन, साली ऐई साली, तुहार मिनि स्कटके छाल मजा बा, थुन्यार थुन्यार, मरना त मरनु मै बराबरा मुर्गालगायत थुप्रै गीत तथा म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

लामो समयपछि पुनः सांगितिक क्षेत्रमा सक्रिय भएका दिपकको निर्देशनमा तयार परिएको पहिलो थारु तीज गीत बजारमा सार्वजानिक भएको छ ।

दिवाइन फिल्म्सको प्रोडक्सनमा गीत तथा भिडियो युट्युबमार्फट हालै सार्वजनिक भएकोे हो । नरेश जोशकीको आफ्नै मोडलिङ्ग, स्वर, शब्द, संगीत र अनु चौधरीको साथ रहेको छ ।

त्यसैगरी गीतमा एरेन्ज केशब बडू, क्यामेरामा रामकृष्ण चौलागाईँ र करण चापागाईँले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस