शिक्षकबाट विद्यार्थी बलात्कृत, गुपचुप राख्न ३० लाख नगद र दुई कठ्ठा घडेरीको प्रस्ताव

Rapppe

धरान । धरानमा रहेको मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले कक्षा १२ मा पढ्ने स्थानीय एक किशोरीलाई विगत ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।

पीडित किशोरीले आफ्ना अभिभावकलाई घटनाको विषयमा भनेपछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि बस्नेत फरार छन् ।

कसैलाई भने ज्यान मार्ने धम्की दिँदै बस्नेतले आफूलाई जबर्जस्ती करणी गर्दै आएको किशोरीले बताएकी छन् ।

पीडकलाई कारबाहीको माग गर्दै महिला सञ्जाल धरानले विभिन्न निकायमा उजुरी गरेपछि बस्नेत फरार भएका हुन् । बस्नेतले घटना सार्वजनिक नगरे किशोरीका परिवारलाई ३० लाख रुपैयाँ र दुई कठ्ठा घडेरी दिने प्रस्ताव गरेका पीडित परिबारको भनाई छ ।

जबर्जस्ती करणीले किशोरीमा मानसिक समस्या देखिएको छ । उनको हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...