भदौ २ गते पोखरामा फाइन प्रिन्ट फिभर

Phibhar n

काठमाडौं। प्रकाशन संस्था फाइनप्रिन्टले यही भदौ २ गते शनिबार पोखरामा फाइनप्रिन्ट फिभर गर्दैछ ।पोखरास्थित सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुरेन्टको सहकार्यमा उत्सव हुन लागेको हो ।

एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको सो संस्थाले आयोजना गर्न लागेको उक्त उत्सवको उद्देश्य पठन संस्कृति प्रवद्र्धन गर्नु, लेखक र पाठकबीचको आत्मियता अझ प्रगाढ बनाउनु रहेको आयोजकले जनाएका छन् ।

२०७५ सालमा नयाँ वर्षको शुरुवातसँगै सुरु भएको उक्त घुम्ती साहित्य उत्सव सुर्खेत, धनगढी र कोहलपुरमा सम्पन्न गरिएको थियो ।उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका ‘महको म का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’का लेखक हरिबहादुर थापा, ‘माङ्गेना’का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’का लेखिका शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् ।

उक्त कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । फाइनप्रिन्ट फिभरको समापन लगत्तै साँझ ६ बजे ‘अ कन्र्भससेन एन्ड मुजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्यान्ड’ नाम दिइएको रात्रिभोज सहितको कार्यक्रम हुनेछ ।

सशुल्क हुने यस कार्यक्रममा मदनकृष्ण श्रेष्ठसँग संवाद गरिनेछ । साथै, श्रेष्ठ र कन्दरा ब्याण्डले आफ्ना केहि कालजयी गीतहरु प्रस्तुत गर्नेछन् ।

उत्सवमा सहभागी हुने लेखिका शिवानी सिंह थारुले फाइनप्रिन्ट फिभरजस्ता साहित्यिक गतिविधिले लेखक र पाठकबीच संवादको अवसर सिर्जना गर्ने, लेखकले आफ्ना सीमितता तथा सम्भाव्यता जान्ने मौका पाउने तथा पाठकले लेखनमा गरिएको प्रयोग, लेखन प्रक्रिया र लेखनप्रति लेखकको सोच थाहा पाउने अवसर पाउने बताइन् ।

प्रतिकृया दिनुहोस