मस्तिष्कको ब्लड क्यान्सरबाट महोत्तरी निर्वाचन प्रमुख पिंकी रायको मृत्यु

Pinky ray

बर्दिबास । जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । मस्तिष्कमा ब्लड क्यान्सरका कारण उनको मृत्यु भएको हो ।

डेढ महिनादेखि मस्तिष्कको ब्लड क्यान्सर रोगबाट पीडित राय भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा उपचाररत थिइन् । शुक्रबार बेलुका हस्पिटलमै उनको मृत्यु भएको हस्पिटलले पुष्टि गरेको छ । रायको शव शुक्रबार नै महोत्तरी ल्याइएको थियो ।

आइतबार (आज) उनको शवलाई अन्तिम श्रदाञ्जलीका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा राखिने भएको छ । श्रदाञ्जलीपछि उनको दाहसंस्कार उनकै निजी निवास धनुषाको विन्हीमा लगेर गरिने नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष तथा मठिहानी नगरपालिकाका मेयर हरिनारायण मण्डलले जानकारी दिए ।

रायको श्रीमान र एक छोरा छन् ।

प्रतिकृया दिनुहोस