आज यस वर्षको अन्तिम सूर्य ग्रहण, के गर्ने के नगर्ने ?

Solar eclipse 1715

सन् २०१८ को अन्तिम सूर्य ग्रहण आज लागेको छ । ११ अगस्टमा लाग्ने सूर्य ग्रहण नेपाल लगायतका देशहरुमा भने देखिएको छैन ।

३ घण्टा ३५ मिनेट लाग्ने आंशिक सूर्य ग्रहणलाई उत्तर अमेरिका, उत्तर पश्चिमी एशिया, दक्षिण कोरिया, मस्को र चीन लगायतवाट देखिएको छ ।

बेलायतमा आंशिक सुर्य ग्रहण बिहान ८ः ५० मा सुरु भएको छ ।

अब अर्को, सुर्य ग्रह ग्रहण अर्को वर्ष जनवरी ६ २०१९ मा मात्र लाग्ने नासाले जनाएको छ । नासाका अनुसार दोस्रो जुलाई २ र तेस्रो २६ अगस्त,२०१९ मा लाग्नेछ । यसै बिचमा, डिसेम्बरमा चन्द्र ग्रहण पनि देखा पर्नेछ जुन नेपाल लगायतका देशहरुमा हेर्न पाईने भएको छ ।

के गर्ने, के नगर्ने

चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।

ग्रहण लाग्दा गर्न नहुने ५ काम

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नुहुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नमस् शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नमस् आदि हुन सक्छन् ।

गर्भवती बाहिर जानुहुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो ।

प्रतिकृया दिनुहोस