थोरै दाइजो नल्याउँदा पारिवारिक यातना खेप्दैछिन् सञ्जिला

Woman g7opcleamy

इनरुवा । सुनसरी भोक्राहाका सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको भन्दैँ १ वर्षदेखि परिवारले यातना दिँदै आएका छन् ।

भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो ।

श्रीमान् र उनका बाबु–आमासमेतले विवाह भएको केही महिनादेखि ‘तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठिक नहुने’ भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिला खातुनले बताइन् ।

दैनिक काममा लगाउने तर खान नदिने र बेलुका भएपछि कुटपिट समेत गर्ने गरेकाले माइतीमा गएर जानकारी गराएपछि परिवारका सदस्यलाई सम्झाउँदासमेत बेवास्ता गरेकाले न्यायका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनको भनाइ छ ।

दिउँसो घरमा काम नगरी किन बसेको भन्दै सासू–ससुराले खानसमेत नदिई बाहिर काम गर्न पठाउने र श्रीमान्ले तलाक दिएर सम्बन्धबिच्छेद गर्न बाध्य नहुञ्जेल कुट्न नछाडने भन्दै कुट्ने गरेकाले प्रहरीसमक्ष घटनाको बारेमा उजुरी दिएको सञ्जिलाले पीडा सुनाइन् ।

हालसम्म सन्तानसमेत नभएकाले सञ्जिलाका श्रीमान्ले विवाह दर्ता गरेर नागरिकसमेत बनाउन अस्विकार गर्दै आएकाले ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको पीडितका बुबा सराजले बताए ।

जिल्ला प्रहरी कार्यालयले कुटपिटको घटना भनी निवेदन परेकाले यसबारेमा दुवै पक्षसँग बुझ्ने कार्य भइरहेकाले दोषी पाइएमा कारबाही गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस