‘दालभात तरकारी’मा पुष्पल र स्वस्तीमाको मुख्य भूमिका रहने

Swastima and puspa

काठमाडौं । हाँस्यकलाकार किरण केसीले आफ्नो ६० औँ जन्मदिनको अवसरमा ‘दालभात तरकारी’को घोषणा गरेका थिए ।

यो सिनेमालाई उनका कान्छा छोरा सुदन केसीले निर्देशन गर्दैछन् भने सिनेमाको कथा हरिवंश आचार्यले लेखेका हुन् ।

यतिबेला सिनेमाका लागि कलाकारहरुको छनौट कार्य भैरहेको छ । जानकारी अनुसार यस सिनेमामा अभिनेता पुष्पल खड्का र अभिनेत्री स्वस्तीमा खड्का मुख्य भूमिकामा रहने भएका छन् । तर निर्माण पक्षले यसको आधिकारिक जानकारी दिइसकेको छैन ।

केही दिनमा पत्रकार सम्मेलन गरेर सिनेमाका सबै कलाकारहरुको जानकारी दिने बताउँदै त्यसै दिन सिनेमाको छायाकंन मिति पनि घोषणा गर्ने सुदनले बताए ।

तर शुक्रबार सिनेमाको एउटा पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति भने सार्वजनिक गरेको छ । यो सिनेमा २०७६ सालको वैशाख १३ गते प्रदर्शनमा आउने भएको छ ।

बुझिए अनुसार यस सिनेमामा अभिनेता विल्सनविक्रम राई पनि मुख्य भूमिकामा रहनेछन् ।

‘दालभात तरकारी’ मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको सिनेमा हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...