४५ लाख ठगी गरेको आरोपमा डिस्कभरी च्यानलका नक्कली जागिरे पक्राउ

Thagi

प्रहरीले डिस्कभरी च्यानलको नक्कली जागिरे बनेर ठगी गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पीडितले दिएको सूचनाका आधारमा काठमाडौँ महानगर–३२ डिल्लीबजार घर भइ हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने प्रकाश खातीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गोकर्णेश्वर–६ माकलबारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खातीले आफू अमेरिकाको डिस्कभरी च्यानलको कर्मचारी भएको भन्दै नक्कली परिचयपत्र समेत देखाएर तीन जनालाइै ठगी गरेको प्रहरीले जनाएको छ। खातीले अमेरिका पठाइदिन्छु भन्दै आफ्नो मोबाइलमा भिसा लागेको नक्कल देखाइ ४५ लाख भन्दा बढी ठगी गरेका थिए ।

उनले अमेरिकन एम्बेसी अन्तर्गत रहेको कोषबाट प्रोजेक्ट संचालनको लागी रकम निकासा गर्न सकिन्छ भनि प्रलोभन पारेर समेत उनले ठगी गरेका थिए ।

अमेरिकन एम्बेसीका उच्च पदस्त कुटनीतिज्ञसँग आफ्नो राम्रो चिनजान भएको र एम्बेसीअन्तर्गत रहेको ‘द चाटर सेन्टर नेपाल फाउन्डेसन २००४’ अन्तर्गतको कार्यक्रममा ९अर्ब ११ करोड रुपैयाँ रहेको र सो रकम आफूले निकाशा गराउन सक्ने भनि विश्वास दिलाइ ठगी गरेको एक पीडितले बताएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...