प्रहरीको जस लिने होडले अपहरित बालकको हत्या !

Nishan khadka

काठमाडौ‌ । भक्तपुर काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरण पछि प्रहरीले जिम्मेवारपुर्ण ढंगले प्रस्तुत हुन नसक्दा अपहरणकारीबाट हत्या भएको देखिएको छ ।

प्रहरीले अपहरणकारीलाई पठाएको एउटा एसएमएसका कारण उनीहरुले बालकको हत्या गरेका प्रहरीकै अनुसन्धानले देखाएको छ ।

आइतबार साँझ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित परिसरका प्रमुख एसएसपी पोखरेल र महाशाखा प्रमुख सिंह वीर अस्पतालमा थिए । गोरखाको फुजेल काण्डका उजुरीकर्ता नूरप्रसाद अधिकारीलाई उनकी आमा गंगामायाको जिम्मा लगाउन उनीहरू सबै अस्पताल पुगेका थिए ।

वीर अस्पतालमै भएको वेला करिब ९ः१५ मा खबर आयो, ‘काँडाघारीका ११ वर्षीय बालक अपहरणमा परे ।’ महानिरीक्षक खनालले तत्कालै उद्धार अप्रेसन सुरु गर्न महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाई र आवश्यक सहयोग गर्न परिसरका प्रमुख विश्वराज पोखरेललाई निर्देशन दिए।

उद्धारमा महाशाखाको टोली खटिएको थियो, तर बीचैमा परिसरका प्रमुख पोखरेलले अपहरणकारीलाई एसएमएस गरे । प्रहरीले गैरजिम्मेवारपूर्ण रुपमा अपहरणकारीलाई एसएमएस पठाउँदा बालकलाई जोगाउन नसकिएको खुलेको छ ।

एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो ।

त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो ।

११ वर्षीय बालक निशान खड्का अपहरणमा परेको खबर पाएपछि संवेदनशील भएर उद्धार गर्नुको सट्टा प्रहरी अधिकारीहरूले जस लिने होडबाजी गरेको खुलेको छ ।

अपहरणको खबर आउनासाथ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहको नेतृत्वमा अप्रेसन सुरु भएको थियो । तर, त्यहीबीचमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले अपहणकारीलाई एसएमएस गरेका थिए ।

उनको यो कदम बालकको उद्धारमा सहयोगी बनेन, बरु उनको हठात् हत्या भयो ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले एसएमएसका सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...