छलछाम नगर्न सरकारलाई डा. केसीको चेतावनी

Dr. kc

काठमाडौं । बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफुसँग भएका सम्झौता कार्यान्वयन गर्न छलछाम गरिए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारसँग सहमती गरेर पन्धौं पटकको अनशन तोडेका डा.केसीले आफुसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । सरकारसँगको सम्झौतापछि २७ दिन लामो अनशन तोडेर त्रिवि शिक्षण अस्पतालामा उपचाररत डा.केसीले मंगलबार पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

डा. केसीले जारी गरेको प्रेस विज्ञप्तिमा पन्ध्रौं सत्याग्रह टुङ्ग्याउने क्रममा जिम्मेवार नेताहरु आएर नौ बुँदे सहमति गरिएकोे स्मरण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सहमति अनुरुप हाल संसदीय प्रकृयामा रहेको राष्ट्रिय चिसिकत्सा शिक्षा विधेयक २०७५ मा सत्तारुढ दल तथा प्रतिपक्षी दलका सांसदहरु समेतबाट संशोधन हालिएको छ । सत्याग्रह टुंग्याउने क्रममा जिम्मेवार नेताहरु आएर सम्झौता अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधन तथा थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन सिघ्र जारी हुने विश्वास हामीले लिएका छौं ।’

डा. केसीले सम्झौता कार्यान्वयनमा छलछाम गरिए कडा विरोधका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् । तर, सरकारले त्यो अवस्था आउन दिनेछैन भन्ने विश्वास लिएको डा. केसीले जनाएका छन् ।

डा. केसीले सहमतिको आठौं बुँदामा नेपाल सरकार मन्त्री परिषदले आफुसँग भएको सम्झौता अनुमोदन गर्ने भनिएकोमा त्यसको कार्यान्वयनका लागि समेत स्मरण गराए ।

यस्तै, उनले चिकित्सा शिक्षा ऐन सम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषि ठहर्याएका पदाधिकारीहरुलाई कारवाही गर्नेलगायत सम्झौताका बुँदाहरुलाईकार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...