हत्या, बलात्कारविरुद्ध माइतीघरमा प्रदर्शन

Dhfscvhjvbd

काठमाडौं । बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन् ।

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध बलात्कार, हिंसा र हत्याविरुद्ध माइतीघरमा विरोध र्याली निकालिएको हो ।

प्रदर्शनकारीले ‘बलात्कारीलाई कारवाही गर, नारी अस्मिताको रक्षा गर, महिलाविरुद्ध हुने सम्पूर्ण हिंसा अन्त्य गर, श्रृंखलाबद्ध रुपमा भइरहेका महिला हत्या अन्त्य गर, विभिन्न स्थानमा भएको बलात्कारसहितका हत्याका अपराधीलाई कडा भन्दा कडा कारवाही गर, संविधानमा लेखिएका महिला हक सम्बन्धी अधिकारहरुलाई तुरुन्त ऐन बनाई कार्यान्वयन गर, बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका छात्राहरुको चरित्र हत्या हुनेगरी वक्तव्य दिनेहरुलाई कारवाही गर’ जस्ता नारा लगाएका थिए ।

उनीहरुले सरकारसमक्ष अपराधीहरुपत्ता लगाई समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...