खोलाले बस बगाउँदा १२ घाइते, दुईजना गम्भीर

Bus1

काठमाडौ‌ । दाङको तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने ग्वार खोलाले आइतबार साँझ बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुलाई नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ।

बाँकी दस जनाको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्या रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।

धनगढीबाट तुलसीपुरका लागि छुटेको ना ४ ख ८१३६ नम्बरको बस घोराही–तुलसीपुर सडकखण्डको ग्वार खोला पार गर्ने क्रममा चिप्लिएर बगेको हो।

बसमा १८ जना यात्रु रहेका थिए। बस साँझ करिब ६ बजेतिर बगाएको हो। बसलाई डोजरको सहारामा प्रहरी र स्थानीयले खोलाबाट निकालेका छन्।

अविरल वर्षाको कारण आइतबार दिनभरी दाङका विभिन्न सडकमा गाडी चल्न सकेनन्। साँझपख पानी थामिएर खोला घटेपछि मात्र सवारीसाधनले आवतजावत गर्न पाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन बहादुर कँवरले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...