कञ्चनपुरमा बालिका हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

Mnr nirmala

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । बालिकाको पोष्टमार्टम रिपोर्टका अनुसार बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ । 

तर बलात्कार कति जनाले गरेका हुन् भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी नायव उपरिक्षक डिएसपी ज्ञानबहादुर सेठीले अहिलेसम्म घट्नास्थल पहिचान गर्न नसकेको बताए।

डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं।’प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा घटनाअनुसन्धान गर्न एक टोली महेन्द्रनगर पठाएको थियो।

सो टोलीसहित जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ। यसका साथै प्रदेश ७ का ९ वटै जिल्लामा अनुसन्धानमा दखल राख्ने र अनुभवी सबै प्रहरीलाई बोलाएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यता, घटनाको यतिका दिन बितिसक्दा समेत अपराधी पत्ता लाग्न नसकेकोमा स्थानीय आक्रोशित बनेका छन्। स्थानीयले बालिका हत्याका विरुद्ध दैनिक प्रदर्शन गर्दै आइरहेका छन्।
बालिकाका बुवाले अनुसन्धान फितलो भएको र आफुहरुले शंका गरेका ब्यक्ति समेत छाडिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...