दिलबहादुर बचाउन पन्ध्र लाख हस्तान्तरण, उर्जामन्त्री र पूर्वसभामुखले दिए एक लाख

Dilbahadur bachau abhiyan

काठमाडौं । साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि एकै दिन पन्ध्र लाख भन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ । उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा एक लाख सहयोग हस्तान्तरण गरेका छन् । 

उर्जामन्त्री र पूर्वसभामुख सहित वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित पाँच लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित सात लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुन ‘सुशिला’बाट ५० हजार र मगर संघ कतारबाट २५ हजार रुपैयाँ बिहीबार ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ ।

वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित रकम उर्जामन्त्री अनन्तले मूल समितिलाई हस्तान्तरण गरे । सोही कार्यक्रममा उर्जामन्त्री अनन्त र पूर्वसभामुख घर्तीमगरले संयुक्त रुपमा मूल समितिलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे । कार्यक्रममा तीन नं। प्रदेश सांसद सुशिलाले ५० हजार रुपैयाँ हस्तान्तरण गरिन् ।

बिहीबारै मगर संघ साउदी अरबको पहलमा संकलित सात लाख ५० हजार रुपैयाँ नेपाल मगर संघले बिहीबार मूल समितिलाई हस्तान्तरण गरेको छ । मगर संघका अध्यक्ष नवीन रोकामगरले मूल समितिलाई हस्तान्तरण गरेका हुन् ।

मगर संघको पहलमा साउदी अरबमा क्रियाशील एनए मिडिया प्रा.लि., नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट), प्रवासी मिलन एकता समाज, तमु धीं र काभ्रे सेवा समाज लगायतले सो रकम संकलन गरेका हुन् । साउदी अरबबाट विभिन्न संघ संस्थाहरुले संकलन गरेका साढे आठ लाख रकम मूल समितिलाई हस्तान्तरण गरिसकेका छन् ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया० क्षतिपूर्ति दिन फैसला गरेको छ ।

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

दिलबहादुर घर्तीको लागि अदालतले तोकेको ब्लडमनी संकलनका लागि अनन्तकै पहलमा मूल समिति गठन गरिएको थियो । उपराष्ट्रपति पुत्र तथा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनको संयोजकत्वमा गठित मूल समितिले तोकिएको रकम करिब संकलन गरिसकेको छ ।

सहयोग हस्तान्तरणपछि उर्जामन्त्री अनन्तले रोजगारीका लागि विदेश पुगेका नेपालीहरुले अनेक दुःख कष्ट भोगिरहेका उल्लेख गर्दै समस्या न्यूनीकरण गर्न सरकारले देशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाईरहेको बताए ।

‘रोजगारीका लागि विदेश जानुभएका नेपालीहरुले अनेक दुःख भोगिरहनुभएको छ । दिलबहादुर घर्ती त एउटा उदाहरण मात्रै हो,’ उनले भने, ‘यो समस्या हल गर्न देशमै रोजगारी सिर्जना गनुपर्दछ । यसका लागि सरकारले काम अगाडि बढाईरहेको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...