निर्मला पन्तको हत्याबारे प्रहरीको फोटो जोडेर भ्रम छरेको आरोपमा पक्राउ

Arrested.photojpg

काठमाडौं । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्याबारे सामाजिक सञ्जालमा भ्रम छरेको आरोपमा प्रहरीले एक अनलाईन सञ्चालकलाई पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको विषयमा अनुसन्धानलाई नै प्रभावित पार्नेगरी सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै आरोपमा rmkhabar.com की सञ्चालक प्रबन्धक- निर्देशक प्राप्ती सापकोटा पौडेल भन्ने एञ्जिला सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको पोशाक लगाएका एक ब्यक्तिको फोटो राखि ‘यिनै हुन् बालिकाका बलात्कारी र हत्यारा, सक्दो शेयर गरौं’ भन्ने भ्रामक समाचार प्रकाशित गरेको आरोपमा उनी पक्राउ परेकी हुन्।

बलात्कार र हत्या जस्तो जघन्य प्रकृतिको अपराधको अनुसन्धान कार्यमा वाधा पुर्‍याउने तथा प्रहरी संगठनको समेत प्रतिष्ठामा आच पुर्‍याउने गरी गलत समाचार प्रकाशित गरी सामाजिक संजालमा सम्प्रेषण गरेको प्रहरीको भनाइ छ।

प्रहरीले पौडेललाई विद्युतीय ऐन अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको साउन ११ गते बलात्कार गरी हत्या गरिएको अवस्थामा घर नजिकै शव फेला परेको थियो। सो घटनाको सिआइबीले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...