महँगी र कर वृद्धि विरुद्ध राप्रपा–प्रजातान्त्रिकको प्रदर्शन

Pashupati samser rana

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले महँगी नियन्त्रण गर्न माग गर्दै सरकारविरुद्ध काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन कार्यक्रम आयोजना गरेको छ।
राप्रपा (प्रजातान्त्रिक) ले चर्को मूल्यवृद्धि, गरेको र तीनवटै सरकारले कर थोपरेर जनतालाई हैरानी दिएको भन्दै शंख–घण्ट बजाउँदै विरोध जुलुश निकालेको हो।

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष पशुपति शमशेर राणाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको समेत आरोप लगाए । अध्यक्ष राणाले सरकारले संसदीय सुनुवाई समितिमार्फत् प्रधानन्यायाधिशमा प्रस्तावित जोशीको प्रस्ताव अस्विकार गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए ।

उनले संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई प्रधानन्यायाधिश नबनाए त्यो शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भन्दै आक्रोश पनि व्यक्त गरे । अध्यक्ष राणाले चर्को मूल्य वृद्धि र करको भार जनताले थेक्न नसक्ने भएपछि सरकारविरुद्ध आफूहरु सडक संघर्षमा आउनु परेको पनि स्पष्टपारे। । उनले सरकारले जनतालाई पीडा मात्रै दिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी  (प्रजातान्त्रिक) का नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले सरकारले आफ्ना जनविरोधि कदम तत्काल नसच्याए कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...