बाबुले गरे आफैसँग सुतेका छोराको हत्या

Hatya

काठमाडौं । भक्तपुरमा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् । मोरङको सुनवर्षा नगरपालिका–१ घर भएका ४० वर्षीय डिल्लीराम चापागाईंले आफैसँग सुतेका १७ वर्षीय छोरा सागर चापागाईंको मंगलबार मध्यराति हत्या गरेका हुन्।

लोकन्थली सानो ठिमीस्थित रमाइलो चोकमा स्थानीय शिवप्रसाद पौडेलको दोस्रो तलामा डेरा गरी बस्ने चापागाईंले सुतेका छोरालाई मंगलबार राति करिब १२ बजे धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।

छोराको हत्या गरी पहिलो तलाबाट हाम फालेर भागेका उनी करिब आधा घण्टापछि प्रहरी प्रभाग कोटेश्वरको सम्पर्कमा आएका थिए ।

छोराको हत्या गर्नुको कारण खुलिसकेको छैन । अहिले उनलाई प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...