डाक्टरलाई अपहरणको शैलीमा मन्त्रालय लगिएको भन्दै आपत्ति

नेपाल चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृह मन्त्रालयमा अपहरणको शैलीमा लगेर केरकार गरिएको भन्दै आपत्ति जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले डा. अधिकारीलाई मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएका थिए । गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो ।

ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँचपछि दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरुको वर्गीकरण हुँदै आएको छ । घाइतेहरुको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ ।

प्रत्येक पाँच वर्षमा घाइतेहरुको स्वास्थ्य परीक्षणपछि उनीहरुको वर्गीकरण तलमाथि गर्ने गरिन्छ । जसका आधारमा उनीहरुले पाउने भत्तासमेत घटीबढी हुनेगर्छ । यस्तो रिपोर्ट बनाउँदा आफूले भनेअनुसार गर्न गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दबाव दिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...