भक्तपुरमा पहिरोबाट मृतकका परिवारलाई एक लाख राहत

Ghihra mantralaya

काठमाडौं । सरकारले पहिरोका कारण टहरो पुरिएर भक्तपुरमा मृत्यु भएका तीनजना मृतकका परिवारलाई एकलाख रहात दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको हो ।

गृहले केही दिन यता परेको अविरल वर्षाका कारण बाढी तथा पहिरोबाट पीडित परिवारलाई सरकारले तत्काल दश हजार रुपैयाँका दरले राहत दिने निर्णय पनि गरेको छ ।

गृहमन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तिमा असार २७ गते साँझदेखि परेको अविरल वर्षाका कारण उपत्याकाका तीनवटै जिल्लाहरुसहित काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, नुवाकोट, मकवानपुर र पर्वत जिल्ला सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरिएको छ ।

गृहमन्त्रालयले बाढी पहिरोबाट यसवर्ष ५६ जनाको मृत्यु भएको र १२ जना हराइरहेका जानकारी दिएको छ । बाढीका कारण ३७ जना ब्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै, बिहिबार पाल्पामा भएको बस दुर्घटनामा २७ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचार भइरहेको पनि जनाइएको छ । गृहमन्त्रालयले सम्भावित प्राकृतिक प्रकोपसँग जुध्न तयारी अवस्थामा रहन पनि मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...