अधिकांश मुहान प्रदुषित, खानेपानीमा दिसामा पाईने ‘कोलिफर्म’

खानेपानीमा


काठमाडौ‌ । भक्तपुरवासीले प्रयोग गर्दै आएका अधिकांश खानेपानीका मुहानको पानी प्रयोग गर्नै नहुने देखिएको छ । भक्तपुरको ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले भक्तपुरका खानेपानी मुहानको परीक्षणका क्रममा जिल्लाका खानेपानीका ८८ मुहानको पानी प्रदूषित पाइएको जानकारी दिए प्रदूषित पानीको कारण भक्तपुरमा महामारीजन्य रोगको प्रकोपको उच्च जोखिम देखिएको समेत उले बताए ।

कार्यालयले चाँगुनारायण, नगरकोट, नंखेल र सूर्यविनायकमा रहेको खानेपानीको मूलबाट आउने पानीको परीक्षण गरेको हो। परीक्षणमा सूर्यवनायक नगरपालिका–६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित स्वास्थ्यचौकी मूलको पानीमात्रै खानयोग्य पाइएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको मूल रहेको नगरकोटस्थित मुहानपोखरी र बोडेको पानीसमेत प्रदूषित छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमध्ये नगरकोटस्थित मुहानपोखरीमा फिल्टर प्लान्ट नै छैन भने बोडेमा वर्षौंदेखि फिल्टर प्लान्ट बिग्रिएको छ ।

चन्दले भक्तपुर सरुवा रोगको महामारीको उच्च जोखिममा रहेकाले कार्यालयले विपद व्यवस्थापनको अग्रिम तयारी समेत सुरु गरेको जानकारी दिए। कार्यालयले विपद् व्यवस्थापनका लागि चिकित्सा अधिकृतसहित चिकित्सक, प्रयोगशाला र औषधिसहितको जनशक्तिलाई तयारी अवस्थामा राखेको छ।

वर्षायाम शुरु भएसँगै खानेपानीबाट सर्ने हैजा, डेंगु, स्क्रब टाइफस, झाडापखाला, एन्फ्लुएञ्जा, कालाज्वरलगायत रोगको महामारी फैलिनसक्ने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी खान स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...