पहिरोले टहरो पुरिँदा भक्तपुरमा ३ को मृत्यु

वाढी पहिरो

काठमाडौं । अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो ।

टहरो घरमा सुतिरहेका घरमाथिको ढिस्को खसेर थिच्दा घटनास्थलमै उनीहरूको मृत्यु भएको भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले बताए । बालिकाका बुवाआमा चाहिँ सोही ठाउँमा रहेको अर्को पक्की घरमा सुतेकाले बचेको उनले बताए ।

केही व्यक्ति घाइते भएर अस्पतालमा उपचार गराइहेको प्रहरीले जनाएको छ । उद्धार जारी रहेकाले धनजनको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस