अस्पतालमा ताला ठोकेर मण्डलामा उपचार गर्ने चिकित्सकको आयो धम्की, के गर्ला त सरकारले ?

Techinga hospil

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले सडक आन्दोलनको घोषणा गरेका छन् ।

जुम्लामा अनशनरत बरिष्ठ चिकित्सक डा. गोविन्द केसी कार्यरत शिक्षण अस्पतालका चिकित्सकहरुले शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर काठमाडौंको माईतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन् ।

काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालका चिकित्सकहरुले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग २४ घण्टा भित्र सम्बोधन नभए शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने जनाएका हुन् ।

देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्था होस् भनेर आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न तयार नभएपछि सरकारविरुद्ध सडकमै उपचार गर्न जानुपर्ने अवस्था आएको डा. सन्तोष उपाध्यायले बताए ।

चिकित्सकहरुले वरिष्ठ चिकित्सक केसीसँग पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधी रहेको पनि स्पष्ट पारेका छन् । उनीहरुले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...