चिकित्सा विधेयक जस्ताको तस्तै ल्याउन सकिन्नः मन्त्री पोखरेल

Girirajmani pokhrel

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्तोको तस्तै ल्याउन नसकिने स्पष्ट पारेका छन् । मन्त्री पोखरेलले सो विधेयकलाई जस्ताको तस्तै ल्याउन व्यवहारिक रुपमा पनि नमिल्ने तर्क गरे ।

विधेयकबारे राष्ट्रिय सभामा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकलाई सामयिक बनाउन प्रधानमन्त्रीकै नेतृत्वमा १७ सदस्यीय उच्चस्तरीय आयोग बनाउने गरी प्रतिस्थापन विधेयक ल्याइएको पनि स्पष्ट पारे ।

उनले मेडिकल कलेज स्थापना गर्ने विषयमा आवश्यक निर्णय लिने काम सोही आयोगलाई दिने व्यवस्था गरिएको दावी गरे । मन्त्री पोखरेलले आयोग गठन गरेर चिकित्सा क्षेत्रमा देखिएका सबै समस्या समाधान गरेर जान पनि वरिष्ठ चिकित्सक केसीलाई आग्रह गरे ।

उनले आयोग गठन गर्ने बेला अनसनमा बसेर वरिष्ठ चिकित्सक केसीले सही काम नगरेको बताए ।मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारका लागि सरकार गम्भिर रहेको पनि दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...