भिखारी हत्याका तीन आरोपी पक्राउ

Bhikhari hatyaka aropi pakrau

वीरगञ्ज । पर्साको वीरगञ्जका एक व्यवसायीको हत्या आरोपमा प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज–८ स्थित गहवा टोलका पशुपति बैण्ड सञ्चालक ५५ वर्षीय भिखारी रामको हत्या अभियोग लागेका कलैयाका ४० वर्षीय महजिद मिया हजाम, कास्की लेखनाथका २९ वर्षीय विजय नेपाली र सर्लाही बरहथवाका ४२ वर्षीय भरत नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

असार १० गते वीरगञ्जको गहवाटोलको भित्रि गल्लीमा वादविवाद हुँदा महजिद मिया हजामले भिखारीको टाउकोमा ढुंगाले हानी हत्या गरेका प्रहरीले जनाएको छ । मृतक भिखारीको खल्तीमा रहेको मोबाइल र भरत र विजयले लुटेर लगेको प्रहरीको भनाइ छ ।

पर्सा प्रहरीले खोजतलासका क्रममा हजामलाई सोमबार वीरगञ्ज–२ बाट तथा भरत थापा र बिजय नेपालीलाई असार १८ गतेका घण्टाघरबाट पक्राउ गरेको हो ।

सार्वजनिक स्थानमा होहल्ला गरेर अशान्ति मच्चाएको आरोपमा पक्राउ परेका थापा र नेपाली ब्यक्ति हत्यामासमेत संलग्न भएको खुलेको र थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरी प्रमुख एसपी रेवती ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस