अग्रणी महिलालाई दबाब समूहको सम्मान

Samman 25

काठमाडौं । महिला सुरक्षा दबाब समूहले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र विभिन्न क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गरेको छ ।

समूहको २६औं वार्षिकोत्सवको अवसरमा कला क्षेत्रमा अग्रणी निवाृह गरेकी उर्मिला गर्ग र शिक्षा तथा स्काउटिङमा अग्रणी महिला रामबदन जोशीलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले दोसल्ला ओढाएर सम्मान गरिन् । सो अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उपप्रमुखलाई बधाई दिँदै प्रशंसापत्र प्रदान गरेको छ ।

सो कार्यक्रममा मन्त्री थापाले महिला हिंसा न्यूनीकरणका लागि स्थानीय तहलाई सशक्त बनाउनुपर्ने बताइन् । उनले स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएकाले स्थानीय तहमा महिला हिंसाविरुद्ध अभियान चाल्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले महिलाको आर्थिक पहुँच विस्तार नहुँदासम्म उनीहरूमाथि हुने हिंसार दुव्र्यवहारको अन्त्य गर्न कठिन हुने बताइ्न ।

समूहकी केन्द्रीय सदस्य मीना स्वर्णकारका अनुसार समूहकी अध्यक्ष साबित्री थापाले स्थापना गरेको अक्षयकोषबाट बार्षिक रुपमा सम्मान गर्दै आएको छ । यो वर्ष पनि समुहले विभिन्न क्षेत्रमा योगल पुर्याउने महिलाहरुलाई सम्मान गरेको हो । एक ७ वर्षीया बालिकालाई अपहरण गरेको घटनालाई सम्झिएर विभिन्न सामाजिक महिला संघसंस्थाको सहभागितामा महिला सुरक्षा दबाब समूह गठन गरिएको थियो ।

प्रतिकृया दिनुहोस