सरकारी अधिकारी भेट्दा आखिर किन सनन्क सन्किइन् गंगामाया ?

Gangamaya 25

काठमाडौं । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि आइतबार नै कारागार चलान भए ।

अभियोग लागेका व्यक्ति नै अदालतमा पुगेर आत्म समपर्ण गरेपछि त गंगामाया अधिकारीले अनसन तोड्ने विश्वासका साथ सोमबार सरकारी अधिकारी गंगामाया अनसन बसेको स्थल पुगे । तर, उनले अस्वीकार गरिन् ।

आखिर किन त ?
गंगामायाले कृष्णप्रसाद अधिकारीलाई गोली हान्ने पक्राउ नगरेसम्म आफुले न्याय नपाउने बताउँदै आएकी छन् ।

आइतवार सो घटनाका मुख्य अभियुक्त भनिएका छविलालले सर्वाेच्च अदालतमा आत्मसमपर्ण गरिसकेका छन् । उनल त्यसलाई स्वागत गरेकी छन् ।

तर, उनले सरकारी अधिकारी समक्ष ‘त्यो गोली हान्ने रुद्र आचार्य कहाँ छ ? भन्ने प्रश्न गरेकी छन् ।

गंगामायाको कुरा सुनेर सरकारी अधिकारी नै छक्क परेका छन् । गंगामायाको प्रश्नको उत्तर दिन सक्ने अवस्थामा ती अधिकारीहरु थिएनन् । त्यही भएर पनि गंगामायाले अनसन तोड्न अस्वीकार गरेको बताइएको छ ।

मानवअधिकारकर्मीहरुले गंगामायाका अरु माग पुरा गर्ने लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए । तर, सरकारी टोलीले लिखित सम्झौता गर्ने अधिकार नलिई आएका कारण पनि सोमबार गंगामायाले अनसन तोड्न नमानेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...