९१९ स्वास्थ्य भवन बनाउन २२ अर्ब अपुग !

Swasthya mantralaya

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भवन विभागले मागेअनुसार रकम उपलब्ध गराउन नसक्दा झण्डै ९ सय १९ वटा स्वास्थ्य संस्था निर्माण अलपत्र परेका छन् ।

आगामी पाँच वर्ष गुरुयोजनाभित्र ९१९ स्वास्थ्य संस्था निर्माण गर्नुपर्ने योजनाअनुसार काम थाले पनि मन्त्रालयले उपलब्ध गराउनुपर्ने झण्डै २२ अर्ब रुपैयाँ उपलब्भ नगराउँदा ती सबै भवन बन्ने कि नबन्न भनेर अन्योलमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले पाँच वर्षमा ९ सय १९ स्वास्थ्य संस्था निर्माण सम्पन्न गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिएको थियो । सो भवन निर्माणका लागि करिब २७ अर्ब लागत लाग्ने भए पनि मन्त्रालयले २ अर्ब उपलब्ध गराएको छ ।

व्यवस्थापन महाशाखा योजना शाखाका अनुसार आवश्यक रकम अभावका कारण समयमा भवन बन्ने अवस्था नदेखिएको बताए । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको मन्त्रालयसँग हाल विभागलाई दिने पर्याप्त रकम छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...