डा. केसीका माग संसदीय प्रकृयाबाटै सम्बोधन हुन्छ : गृहमन्त्री थापा

Ram bahadur thapa

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले डा गोविन्द केसीले उठाएका माग संसदमा पुगेकाले लोकतान्त्रिक विधिबाटै सम्बोधन हुने बताएका छन् । उनले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले संसदले आफ्नै प्रक्रियाबाट हल खोज्ने बताएका हुन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताए ।

गृहमन्त्री थापाले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला जानकारी विना क्यानडा जान लागेकाले फर्काउनुपरेको स्पष्टिकरण दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...