मन्त्रीहरु उच्छृङ्खल हुँदै गए : डा. श्रेष्ठ

Muktiram

काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारका मन्त्रीहरु जिम्मेवार बन्न छोडेर उच्छृंखल हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डा. श्रेष्ठले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई बाध्य बनाउने चेतावनीसमेत दिएका छन् ।

अध्यक्ष श्रेष्ठले डा. केसीको मागप्रति संवेदनशील हुन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । वरिष्ठ चिकित्सक केसीसँग वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा समेतले गरेका सहमति कार्यान्वयन नहुनुको कारण समेत माग गरे ।

केसी अनशन बसेको ८ दिन बित्दापनि सरकारका मन्त्रीहरु संवेदनशील बन्नुको सट्टा उच्छृङखल अभिव्यक्ति दिँदै हिँड्ने गरेको अध्यक्ष श्रेष्ठको आरोप छ । अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीले १५ औं पटक अनशन बस्नुपर्ने अवस्था आउनु नै दुःखद् भएको टिप्पणी गरे। संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारविरुद्ध दवावमूलक कार्यक्रम नै सुरु गरिसकेको छ ।

यता, वरिष्ठ चिकित्सक डा. केसीका समर्थकहरुले शनिबार काठमाडौंमा प्रर्दशन गरेका छन् । आमरण अनशनरत वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन नगरेको, नागरिकको बोल्न पाउने संवैधानिक हकलाई निषेध हुनेगरी काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको लगायतको उल्लेख गर्दै समर्थकहरुले शनिबार काठमाडौंको माईतीघर मण्डलाका सरकार विरोधि प्रर्दशन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले कागजको टोपी लगाएका थिए, जसमा विभिन्न नारा लेखिएको थियो । ओली सरकारको मिसन, सिटामोलमा कमिसन, माफियामुखी चिकित्सा ऐन चाहिँदैन आदी । यस्तै, कतिपयले लगाएको टोपीमा नारा लेखिएको थियो–नखाउञ्जेल खाउँखाउँ लाग्ने, खाएपछि गुन तिर्ने हतारो के हो ? मासी चामलको भात ।

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका वार्ता गर्ने क्रममा प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नै घरमा बोलाएर मार्सी रातो चालमको भात खुवाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...