बिजेश्वरी छात्रावास कब्जा गर्न खोज्ने एनजिओविरुद्ध खनिए युवा, एनजिओको अफिसमा लाग्यो ताला

Nndswo talabandi 22 asar

काठमाडौं । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नामक एक गैरसरकारी संस्था (एनएनडिएसडब्लुओ) दलितको नाममा खोजिएको गैरसरकारी संस्था हो । यसले काठमाडौं –१५ मा रहेको बिजेश्वरी छात्राबास कब्जा गर्न खोजेको भन्दै विद्यार्थीले संघको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बिजेश्वरीमा रहेको सो छात्राबासमा झण्डै ७० जना विद्यार्थी बस्दै आउका छन् । बिजेश्वरी छात्राबास सरकारी तवरबाटै खोलिएको सेवामुलक छात्रावास हो । तर, यो छात्रावासमा एनएनडिएसडब्लुओको हालिमुहाली गरिरहेको छ ।

बिजेश्वरी छात्राबास काठमाडौं महानगरपालिका बडा नं. १५ स्थित बिजेश्वरी डाडामा ३ रोपनी ७ आना जग्गामा निर्मित हो । जसलाई बिजेश्वरी छात्रावास भनेर चिनिन्छ ।

सो छात्राबासको जग्गा एनएनडिएसडब्लुओले आफ्नो भन्दै बझाङ जिल्लाको छविस पाथिभरा गाउँपालिका वडा नं. ६ का दिनेश बिकलाई वार्डेन पनि नियुक्त गरेपछि विवाद चर्किदै आएको छ ।

राजनीतिक मुद्धा बनिसकेको अवस्था बिहीबार सो छात्राबासका वार्डेन राम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएपछि थप विवादको धेरामा पुगेको थियो । नेपालीलाई प्रहरीले सुरक्षाको दृष्टिकोणले केहीबेर नियन्त्रणमा लिएको बताएको छ ।

एउटा गैरसरकारी संस्थाले सिंगो दलित आन्दोलनको धज्जी उडाउने गरी सरकारी सम्पत्ति हडप्न खोजेको भन्दै विद्यार्थीले शुक्रबार बिहान बखुण्डोलमा रहेको संघको केन्द्रिय कार्यालयमा तालावन्दी गरेको हो ।

संघको कार्यालयमा ताबन्दी गर्न पुगेका विद्यार्थीले सरकारी सम्पत्ति हडप्न नपाइने, वार्ता र संवादमार्फत समस्याको समाधान खोजिनुपर्ने, एनजिओको तर्फबाट नियुक्त अवैध ढंगले नियुक्ती गरिएको वार्डेनखारेज गरिनुपर्ने बताएका छन् । उनीहरुले आफ्नो माग सम्बोधन नगरेसम्म तालाबन्दी नखोल्ने र संघले जवरजस्ती खोजे मौन नबस्ने चेतावनी पनि दिएको छ ।

यस्तो छ तथ्य
तत्कालीन राजा महेन्द्रले २०१९ मा सहर्षनाथ कपालीलाई छात्रावासको जग्गा खरिद गर्न २५ हजार रुपैयाँ दिएका थिए । तत्कालीन दलित अगुवाको पहलमा तत्कालीन सरकारले पैसा दिएपछि दलित अगुवाहरुकै सहमतिमा काठमाडौं वडा नं. १५ स्थित विजेश्वरीमा ३ रोपनी ७ आना जग्गा खरिद गरिएको थियो । सो जग्गा त्यतिबेला हर्षनाथ कपालीकै नाममा किनिएको थियो ।

२०२८ मा किर्तिनिधी विष्टले सो भवन निर्माण गर्न पहिलोपटक बजेट दिएका थिए । र, उनैले सो छात्रावासको भवन पनि शिलन्यास गरेका थिए । २०३३ सालसम्म एक तले भवन बन्यो । जहाँ १६ कोठा विद्यार्थी बस्ने कोठा, १ सभाहल, १ वार्डेन कोठा र १ वटा खाना खाने कोठाको भवन बनेको थियो । सोही सालदेखि नै विजेश्वरी छात्रावासमा दलित विद्यार्थी बस्न थालेका थिए ।

२०४२ मा प्रतापराम लुहारलाई सो छात्राबास सञ्चालन समितिको अध्यक्ष बनाइयो । उनी खुंखार पञ्च थिए । तर, उनले पछि उसलाई समाज कल्याण परिषदमा दर्ता गर्दा भने गलत गरेका थिए । उनी त्यसबेला नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको अध्यक्ष थिए । त्यही बेला उनले सो छात्राबासको जग्गालाई संघको नाममा ल्याए ।

तर, एउटा इतिहास बोकेको विजेश्वरी छात्राबास आज एउटा गैरसरकारी संस्थाले हालिमुहाली गरिरहेको छ । आफ्नो बनाइरहेको छ । संघको यो कार्यविरुद्ध सबै राजनीतिक दल आवद्ध दलित संघ संगठनहरुले विरोध जनाएका छन् ।

स्थानीय विकास मन्त्रालय मातहतको उत्पीडित, उपेक्षित दलित विकास समितिले पनि बिजेश्वरी छात्राबास एनजिओले हडप्न खोजेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले बिहीबार जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै समयमै समस्याको समाधान निकालन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस