अस्पतालमा मौसमी बिरामीको चाप बढ्दै

Hospital 2

२२ असार
काठमाडौं । वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ ।

अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् । दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताए ।

डा लेखकका अनुसार छातीसम्बन्धी, झाडापखाला, आउँ, पेट दुख्नेलगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन् । ज्वरो, रुघाखोकीका बिरामी पनि धेरैजसो यो समय अस्पतालमा उपचारका लागि पुग्ने गरेका उनले बताए ।

वर्षायाममा मौसम परिवर्तन भइरहने भएकाले अघिपछिको तुलनामा धेरै बिरामी हुने गरेका छन् । खानपान, सरसफाइलगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने उनका भनाइ छ ।

जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन् । गर्मी समयमा जिल्लाका अधिकांश स्थानमा पानीको अभाव हुँदा र सरसफाइमा ध्यान नदिँदासमेत बिरामीको संख्या बढ्दै गएको बताइएको छ ।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...