काठमाडौंबाट गएका चिकित्सकलाई डा. केसीले भने ‘मेरो उपचार यहींका मान्छेले गर्छन्’

Govinda kc icu

जुम्ला । जुम्लामा अनशनरत डा. गोविन्द केसीले सरकारले काठमाडौंबाट पठाएका चिकित्सँगसँग स्वास्थ्य जाँच गराउन मानेनन् ।

गत शनिबारदेखि अनशनमा रहेका डा केसीको स्वास्थ्य जाँच्न गर्न स्वास्थ्यमन्त्री उपेनद्र यादवले वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मीलाई जुम्ला पठाएका थिए । डाक्टरद्धयलाई पठाएसँगै अरु चिकित्सकलाई काममा फर्कन स्वास्थ्यमन्त्रीले निर्देशन पनि दिएका थिए ।

स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान भनेका छन् । केसीले भने, ‘तपाईंहरू मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो, त्यसका लागि धन्यवाद मेरो हेरचाह र उपचार यहाँका मानिसले गर्छन् । तपाईंहरूको आवश्यकता छैन ।’

वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब्रिफिङ गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

अत्यधिक छाती दुखेपछि केसीलाई बिहीबार अस्पताल लगिएको थियो । उनलाई अक्सिजन र स्लाइन लगाएर सामान्य उपचार भइरहेको छ । उनले ग्लुकोज पानी र कतिपय औषधिसमेत खान नमानेको डा. गिरीले बताए ।

प्रतिकृया दिनुहोस