विजेश्वरी छात्राबासबाटै पक्राउ परे राम नेपाली

Ram nepali

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १५, विजयश्वरी छात्राबासबाट वार्डेन राम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सो छात्राबास आफ्नो स्वमितव रहेको बताउँदै आएको र असार ७ गते बसेको संघको बैठकले नयाँ वार्डेन नियुक्त गरेको थियो ।

त्यसयता संघले दलित आन्दोलनबाट प्राप्त उपलब्धीस्वरुप तत्कालीन राजा महेन्द्रले पैसा दिएर किनिएको जग्गा संघले आफ्नो नाममा पारेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । विजेश्वरी छात्राबासमा एनजिओको गिद्धे नगरविरुद्ध आवाज उठाउँदा राम नेपाली प्रहरी हिरासतमा परेका हुन् ।

यही बेला सो छात्राबासका वार्डेन राम नेपालीलाई बिहीबार नेपालीलाई पक्राउ गर्न बुधबार पनि प्रहरी छात्राबास गएको थियो । प्रहरी स्रोतले भन्यो, ‘इनिस्पेक्टर मदन गिरीको निर्देशनमा नेपालीलाई पक्राउ गरिएको हो ।’

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी सुधीर शाहीले छात्राबासमा भएको विवादमा नेपालीलाई नियन्त्रणमा लिइएको बताए ।

२०१९ मा दलित आन्दोलनका अगुवा सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीका लागि दलित छात्रावास बनाउने माग गरिएको थियो । त्यसबेला तत्काली राजा महेन्द्रले छात्राबास सञ्चालनका लागि २५ हजार रुपैयाँ दिएका थिए ।

सोही रकमबाट काठमाडौं महानगरपालिका वडा नं. १५, विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा किनिएको थियो । त्यो बेला दलितका संघ संस्था दर्ता नभएका कारण आपसी सल्लाहमा सहर्षनाथ कपालीकै नाममा जग्गा किनिएको थियो । त्यसैका आधारमा २०१९ सालमै सो छात्राबासको भवनको पनि शिलान्यास गरिएको थियो ।

हाल सो विजेश्वरी छात्राबासमा ७० जना दलित विद्यार्थी बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...