यसरी किन हप्काए बिरामीलाई डाक्टरले ? यस्तो छ कारण

Dr birudh ujuri 20

प्यूठान । कतिपय आधा बिरामी त चिकित्सकको सल्लाहकै कारण निको हुनछन् । तर, प्यूठानका एक चिकित्सकले बिरामीको उपचार गर्नुको सट्टा हप्काएर पठाएको रहस्य खुलेको छ ।

बिरामीलाई चेकजाँच नगरी ‘हप्काएर’ पठाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएसँगै प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अच्यूतराज कार्कीविरुद्ध प्रशासनमा उजुरी परेपछि यस्तो रहस्य खुलेको हो ।

जिल्लाको झिमरुक गाउँपालिका–५ ओखरकोट मच्छिकी जुना न्यौपानेले आफूलाई अभद्र व्यवहार गरेको गुनासो गर्दै जिल्ला प्रशासनमा लिखित उजुरी गरेकी हुन् ।

‘दुई घण्टा कुरेर डाक्टरलाई भेट्न गएकी थिएँ’, न्यौपानेले भनिन्, ‘मैले जाँच्दैन कसले पठाएर यहाँ आएको हो ? बाहिर जा !’ भनेर आफूलाई गाली गरेको उनले गुनासो गरिन् । डा. कार्कीलाई कारवाहीको माग गर्दै उनले प्रमुख जिल्ला अधिकारी समक्ष लिखित उजुरी दिएकी हुन् ।

एक हप्ता अघिदेखि कानबाट पिप बगेपछि चिकित्सकको सल्लाह लिन अस्पताल मंगलबार न्यौपाने डा. कार्कीलाई जाँच गराउन गएकी थिइन् । तर, उनले आफुलाई अभद्र व्यवहार गरेको न्यौपानेले आरोप लगाएकी छन् ।

डाक्टरले ‘हप्काए’पछि चेकजाँच नै नगरी उनी प्रशासनमा उजुरी गर्न पुगेकी थिइन् । ‘मुस्कान सहितको सेवा पाउने सुनेका थियौँ’, न्यौपानेले गुनासो गर्दै भनिन् ‘तर, अस्पतालमा त्यस्तो व्यवहार भएन। उल्टै थर्काएर पठाइयो ।’

प्रशासनिक र चेकजाँच दुबै हेर्नुपर्ने भएकाले धेरै बिरामी जाँच्न समय नमिलेकाले न्यौपानेलाई फर्काउनुपरेको डा.कार्कीले बताए । उनले भने, ‘पहिला नै दुईजना बिरामी कोठामा थिएँ’, मैले कसले पठायो तपाइलाई ? भनेर सोधेको मात्र हुँ ।’

जिल्ला अस्पतालमा विरामीलाई अभद्र व्यवहार गर्ने क्रम बढ्दै गएपछि यस विषयमा अस्पताल विकास समितिको तत्कालै बैठक बसेर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...