भिएलएनका सञ्चालकलाई कम धरौटीमा छाड्ने न्यायाधीशमाथि छानबिन हुँदै

Nyaparisada

काठमाडौं । भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठलाई कम धरौटीमा छोडेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानविन हुने भएको छ । 

तीन अर्ब ठगी मुद्दाका अभियुक्तलाई १० लाख रुपैयाँ धरौटी लिएर छाडेको आरोपमा बस्नेतमाथि न्यायपरिषदले छानविन गर्न लागेको हो ।

न्यायपरिषदले न्यायाधीश बस्नेतमाथि छानबिन गर्न दुई सदस्यीय छानबिन समिति समेत बनाएको छ । न्यायपरिषदका सदस्यहरु रामप्रसाद सिटौला र पदम वैदिक छानविन समितिमा रहेका छन्। केही महिनाअघि भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठविरुद्ध प्रहरीले ३ अर्ब ठगीको मुद्धा चलाएको थियो ।

सरकारी वलिकमार्फत प्रहरीले चलाएको सो मुद्धामा न्यायाधीश बस्नेतले निकै कम धरौटी लिएको न्यायपरिषदको ठहर छ। न्यायाधीश बस्नेतको इजलासले भीएलएन सञ्चालक श्रेष्ठलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस